रोनाल्डोको खेल जीवनमा पहिलोपटक भयो यस्तो

कठमाडाैँ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले सासुओलोलार्य ३–० ले हराएको हो ।

युभेन्टसको जितमा सामी खेदिरा, क्रिष्टियानो रोनाल्डो र एम्री क्यानले गोल गरे । २३ औँ मिनेटमा खेदिराले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

रोनाल्डोले ७० औँ मिनेटमा गोल गरे । रोनाल्डोले युभेन्टसबाट २० गोल गरेका छन् । उनले सिरी एमा अवे मैदानमा भएका पछिल्ला ९ खेलमा लगातार गोल गरेका छन् । उनको खेल जीवनमा यो नयाँ कीर्तिमान हो ।

सिरी ए मा कुनै पनि खेलाडीले अवे मैदानमा लगातार गोल गरेको खेलको संख्या १० हो । क्यानले ८६ औँ मिनेटमा गोल गरेपछि युभेन्टस ३–० ले विजयी भयो ।

जितपछि शीर्षस्थानको युभेन्टसको २३ खेलबाट ६३ अंक भएको छ । उ दोस्रो स्थानको नापोली भन्दा ११ अंकले अघि छ । नापोलीको ५२ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस