फाइल तस्वीर

रवि लामिछानेको हिरासत बसाइ पुनः लम्बियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ पुनः लम्बिएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि गार्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धकसमेत रहेका लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमा रहनुपर्ने भएको हो ।

मंगलबार सरकारी बिदा भएकाले बुधबार मात्रै फेरि निरन्तर सुनुवाइ हुनेछ । उनीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको थियो । मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार रविलाई हिरासत पठाउने आदेश दिएका हुन् ।

सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारकै आदेशलाई निरन्तरता दिए । काठमाडौं जिल्ला अदालतमा सोमबार पीडित र सरकारी वकिलले बहस गरेका थिए । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन सकेन ।

उनको आदेशसँगै रविलाई न्यायिक हिरासतमा पठाइएको थियो । लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।

प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरेको छ । स्वर्णलक्ष्मी सहकारीका साढे पाँच हजार बचतकर्ताको एक अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोग छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा उहाँ बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्यूँतदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक

काठमाडौं । अन्ततः समाजवादी मोर्चा सक्रिय हुने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद …

प्रतिकृया दिनुहॊस