कृषि शिक्षा ः आजको आवश्यकता

 

कल्पना शर्मा

कृषिप्रधान मुलुकमा राज्यको प्राथमिकता कृषि शिक्षामा हुनु जरुरी छ । कृषि उद्यमलाई ध्यानमा राखी कृषि अर्थतन्त्रलाई सुलभ र आकर्षित गरी कृषि शिक्षाको पहँुचमा वृद्धि गर्नु आवश्यक छ । सोही उदेश्यअनुरुप देशमा कृषिविश्वविद्यालयकोे स्थापना भएको छ ।

कृषि विषयमा उच्च शिक्षा हाँसिल गर्नेहरुको हामीकहाँ कमी छ । बरु विदेशी भूमिमा पसिना बगाउन तयार हुने तर आफ्नै देशमा यत्तिकै फालिएका बाँझा जमीनमा कृषि व्यबसाय गर्न नखोज्नेको संख्या अधिक छ ।

अहिले पनि हाम्रो मानसिकता भनेको कृषिमा आवद्ध हुनेहरु अध्ययन कम भएका, वेरोजगार, अन्य पेशा तथा व्यबसाय गर्न नसकेकाहरु भनेर बुझ्ने गरिन्छ । कृषि क्षेत्रलाई सम्मानित, आत्मनिर्भर तथा व्यवसायिक बनाउनको लागि कृषि क्षेत्रमा दक्षता हाँसिल गरेका जनशक्तिको विकास र परिचालन गर्नतर्फ राज्यको कदम अगाडि बढ्नुपर्छ ।

आफ्नै खेतबारीमा काम गर्न नखोज्नेहरु वैदेशिक रोजगारीका लागि जस्तासुकै देशमा पनि जान तयार हुन्छन । श्रम गर्न सक्ने क्षमता भएका युवायुवती मात्रै होईन, बौद्धिक क्षमता भएकाहरु पनि बिदेश भनेपछि भुतुक्कै हुन्छन् ।

लाखौं रुपियाँ ऋण लिएर विदेश जान खोज्ने युवा स्वदेशमा उद्यम÷व्यवसाय गर्न नाक खुम्च्याउँछन् ।मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानजनक बनाउन आवश्यक छ । कृषि क्षेत्र परनिर्भर भएसम्म मुलुकको अर्थतन्त्र धरासायी नै हुन्छ । त्यसैले कृषि पेशालाई मुख्य पेशा बनाउन कृषि क्षेत्रमा परिवर्तन गर्नु आवश्यक छ ।

सबैभन्दा पहिलो काम भनेको कृषिप्रदान देशलाई वास्तविकरुपमा कृषिप्रदान बनाउन आयातमा होईन निर्यातमा ध्यान दिनुपर्छ । आयात, उपेक्षित र परनिर्भर कृषि कृषिप्रधान मुलुकका लागि मुख्य चुनौती हो ।

खेती गर्ने उमेरका युवाहरु धमाधम बैदेशिक रोजगारीका लागि पलायन भएपछि खाद्यान्न आयात नगरी के गर्ने ? अहिले उत्पादकत्वमा ह्रास आउने क्रम जारी छ । यो अवस्था अन्त्य गर्न वैदेशिक रोजगारलाई निरुत्साहित गर्नु अर्को चुनौती हो । स्वदेशमा नै कृषि उद्यमशीलताको वातावरण निर्माण गर्न सक्ने हो भने नत वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिनुपर्छ नत बेरोजगारी हुन्छ । त्यसका लागि कृषि शिक्षा आवश्यक छ । शिक्षा पाएका युवाहरुले रोजगारी सिर्जना गर्छन् ।

परम्परागत तथा निर्वाहमुखी कृषि प्रणालीमा हाम्रो पीढि जहिलेसम्म अल्झिरहन्छ, त्यतिञ्जेलसम्म युवाहरुको विदेश पलायनको क्रम रोकिदैन । जवसम्म युवाहरु विदेशी भूमिमा रहन्छन् अनि हामीकहाँ कृषिक्रान्ति संभव छैन । विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्कअनुसार नेपालमा कृषि तथा पशु विज्ञान संकायमा उच्च शिक्षा हाँसिलका लागि अध्ययनरत विद्यार्थीको संख्या शून्य दशमलव ५ प्रतिशत छ ।
देशको कुल गार्हस्थ उत्पादनको २९ दशमलव ३७ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ ।

यसले झण्डै दुई तिहाई जनसंख्यालाई रोजगारी सिर्जना तथा जीविकोपार्जन कार्यमा सहयोग पु¥याएको छ । विश्व बैंकको पछिल्लो तथ्याङ्क अनुसार पाकिस्तानमा २५ दशमलव १ प्रतिशत, अफगानिस्तानमा २१ दशमलव ७ प्रतिशत, भुटानमा १७ दशमलव ४ प्रतिशत, भारतमा १७ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ ।

यॊ पनि हेर्नुहॊस

सार्वजनिक यातायातमा पशुवत व्यवहार !

सार्वजनिक यातायात मध्यम र निम्न वर्गीयले नचढी सुखै छैन । यी नागरिकसँग यसको विकल्प पनि …

प्रतिकृया दिनुहॊस