हिमालयन बैंकका अध्यक्ष श्रेष्ठलाई ‘नेसनल एक्स्लेन्स अवार्ड’

काठमाडाैं । हिमालयन बैंक तथा न्यू एभरेष्ट कन्स्ट्रक्सनका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई नेसनल एक्स्लेन्स अवार्ड प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा डब्लुबिआरले निर्माण तथा बैंकिङ क्षेत्रमा गरेको योगदानवापत श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो ।

उनको योगदानबाट सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा योगदान पुगेको डब्लुबिआरले जनाएको छ । इङ्ल्याण्ड संसद सदस्य विरेन्द्र शर्मा, डब्लुबिआर लण्डनका अध्यक्ष दिवाकर सुकुल, डब्लुबिआर नयाँदिल्लीका अध्यक्ष सोनिया रेवत लगायतले श्रेष्ठलाई अवार्ड प्रदान गरे ।

श्रेष्ठको निर्माण कमपनीले होटल, विद्यालय, हस्पिलटल, दूतावास लगायत कयौं संख्यामा भवनहरु निर्माण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस