काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गर्दै आएको छ ।
यसै सन्दर्भमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।
महालक्ष्मी विकास बैंक को चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म रु. २६ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २३ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिकृया दिनुहॊस