लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा पिस पोष्टर प्रतियोगिताको आयोजना

वीरगंज । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा आज जीवन ज्योति उच्च मा.वि.मा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज पिस पोष्टर प्रतियोगिता आयोजना गरिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन गुड्डी जोशीले बताए ।

उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुले निरन्तरता पाउने कुरामा समेत जोड दिए । जीवन ज्योति उच्च मा.वि.का ४० जना विद्यार्थीहरुले भाग लिएको सो प्रतियोगितामा विष्णु नारायण चौधरी प्रथम, जया सर्राफ दोश्रो, दिपु सिंह तेश्रो र मुस्कान खातुन चौथो भएको प्रतियोगिताका निर्णायक मुकेश महतोले बताए ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष गुड्डी जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जीवन ज्योति उच्च मा.वि.का प्रधानाध्यापक शिव गुप्ता, विशिष्ट अतिथि लायन्स क्लबका सिनियर डिष्ट्रिक्ट एडभाईजर डि.एन. अग्रवाल, डिष्ट्रिक्ट एडभाईजर मिनाक्षी गुप्ता, डिष्ट्रिक्ट कोर्डिनेटरद्वय रिकेश साह, विजया ओझैया, लायन्स क्लबका अन्य सदस्यहरु लगायत विद्यालयका शिक्षक, शिक्षिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस