काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ………. भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ ।
भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो-बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले पाउने छन् ।
प्रतिकृया दिनुहॊस