एड्स महामारीको रहस्य खुलासा गर्ने डाक्टरको ९५ वर्षमा निधन

एजेन्सी । चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतवार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् ।

देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआईभी फैलाएको खुलासा गरेको गरेकी थिइन् । बीबीसीको रिपोर्ट अनुसार, रगत बेच्ने ग्रामीण चीनमा, विशेष गरी हेनान प्रान्तमा १९८० र १९९० को दशकमा एक रगत बेचेर एड्सका किटाणु फैलाउने व्यवसाय सामान्य जस्तै थियो ।

रगत दान गर्नेहरुले जीविकोपार्जनका लागि रगत बेच्ने गरीब किसान समुदायलाई एचआईभी पोजेटिव बिरामीहरूबाट रगत पनि दिने गरिएको तथ्य उनले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला एड्सबारे चेतना धेरै थिएन । चिनियाँ अधिकारीहरूले एचआईभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे । डा. याओजीले एड्स रोगीलाई भेटे जो कुनै पनि श्रेणीमा परेनन् तर रक्तक्षेपण मार्फत रगत प्राप्त गरेका थिए ।

वर्षौपछि, २०१० मा याओजीले एड्स जस्ता रोगहरू फैलिने खतराको बाबजुद चीनमा अवैध रूपमा रगत बिक्री गर्ने अभ्यास भइरहेको दाबी गरेकी थिइन् । ‘यो ठूलो छ । यो देशव्यापी छ, जताततै छ । मैले आफ्नै आँखाले सबै देखेको छु । रगत बिक्री अवैध छ । विगतमा यो खुला र सार्वजनिक थियो । अब, यो भूमिगत छ, उनको दावी थियो । गाओयाओजीले कसरी एड्स फैलाउन चिनियाँ अधिकारीहरूको उदासीनता उजागर गर्न सफल भएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस