इस्लिङटन कलेजमा शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

काठमाडाैँ । इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ। आइतबार लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सम्मानित प्रतिनिधिहरूसँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो।

अनुसन्धान केन्द्रले नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउन मद्दत गर्ने कलेजको भनाइ छ। उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि उपस्थिति रहेको थियो। अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको छ।

शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबरसुरक्षा डोमेनभित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने हो। यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेशन केन्द्र र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार रहेको छ।

साइबरसुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल हो जसले साइबरसुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राख्दछ। शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्नेछ।

नेपालको पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको स्थापना इस्लिङटन कलेजका लागि मात्र नभई नेपालका लागि पनि महत्वपूर्ण माइलस्टोन हो। अनुसन्धान केन्द्रले नेपालको महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरू नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्दछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री