५२ रनमा समेटियो नेपाल, कसैले पनि बनाउन सकेनन् दोहारो अंकको रन

काठमाडौं । एसीसी यू–१९ एसिया कपको अन्तिम खेलमा नेपालले भारतविरुद्ध दयनीय प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाली ब्याट्सम्यानहरुले लज्जास्पद प्रदर्शन गर्दै भारतलाई ५३ रनको लक्ष्य दिएको छ ।

नेपालले २२.१ ओभमा ५२ रनमा समेटिँदै भारतलाई ५३ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि अर्जुन कुमाल र दिपक बोहोराले ७÷७ रन बनाए भने गुल्सन झाले ४ रन बनाए ।

भारतीय बलरसामू खुलेर ब्याटिङ गर्न नसकेको नेपालले पहिलो विकेट ९ रन बनाउँदा गुमाएको थियो भने त्यसपछि २१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन जोड्न सकेनन् ।

भारतका लागि राल लिम्बानीले ७ विकेट लिएका थिए । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रनको पारी खेले ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस