नेपालकै अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाब भ्याली वाइन

काठमाडौँ । मनाबका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाब भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्कालगायतको उपस्थितीमा मनाब भ्याली वाइन सार्वजनिक गरिएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाब बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरुलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।

लन्चमा बोल्दै मनाब बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भने, “हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाब भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरुबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाब भ्याली वाइन तपाईँहरु माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरुले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”

प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाब भ्यालीमा स्थानीय किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाब भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाब भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाब भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाबको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दावी छ । मनाब भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरुको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ ।

साे अवसरमा नायिका स्वस्तिमा खड्काले भनिन्, “मनाब भ्याली वाइन वास्तवमै गज्जब स्वदको छ । यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ । विदेशी वाइनहरुले प्रभुत्व जमाउदै गरेको अहिलेको अवस्थामा मनाब भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो।” मनाब भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस