विकास बैंकले साउनमा कमाए ८४ करोड २१ लाख नाफा, सबैभन्दा धेरै गरिमाको (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले ८४ करोड २१ लाखभन्दा बढी नाफा कमाएका छन् । चालु आवको पहिलो महिना (साउन)मा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले कमाएको छ । उसले साउनमा २४ करोड ९५ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको हो । दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले १६ करोड ८० लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कामना सेवा विकास बैंकले साउनमा ८ करोड १३ लाख ३० हजार, लुम्बिनी विकास बैंकले ७ करोड ९१ लाख ५० हजार, महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख ८० हजार, शाइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख २० हजार कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सांग्रिला विकास बैंकले ५ करोड ६५ लाख २० हजार र ज्योती विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंककाे ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । …

प्रतिकृया दिनुहॊस