चाडपर्वलक्षित सहुलियत पसलमा कुन सामानमा कति छुट ? (सूचीसहित)

काठमाडौँ । सरकारले दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको छ । असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म करिब डेढ महिनाको अवधिमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सरकारले प्रत्येक वर्षको दशैं र तिहार लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आइरहेको छ । यसपटकको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतपूर्ण पसल सञ्चालन गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा सहुलियत पसल राख्ने छ भने उपत्यकाबाहिरका ४२ जिल्लाका ४८ स्थानमा राखिने भएको हो । यसबाहेक, साल्ट ट्रेडिङले ३५ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा हुनेछ ।

सरकारले चालू आर्थिक वर्षमा सहुलियतपूर्ण पसलका लागि भनेर २ करोड ३२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको छ । मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमी/गेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

साल्ट्र टे«ड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो, ९७ रुपियाँ प्रतिकेजीमा चिनी बिक्री गरेकाले छुट नदिएको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after