नेशनल लाईफ इन्स्योरेन्सको ‘तीन दिने चेयरपर्सन’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरूका लागि ‘३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौँ स्थित होटल हात रिजेन्सीमा कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहज्यकोे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आव २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरेको बताइन् ।

नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तिय र तृतीय हुने अभिकर्ताहरू, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग अलग उत्कृष्ट गर्ने लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

साथै सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृतीय हुने लिडर अभिकर्ताहरूलाई पनि सम्मानित गरिएको थियो ।

समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन् ।

कम्पनीले आउने दिनहरूमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरूलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताहरूको योगदानबाट मात्र सम्भव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने अभिकर्ता समुसहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता अध्यक्षले गरिन् ।

कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको र विशेष गरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला सशक्तीकरण जस्ता क्षेत्रमा योगदान पुर्याउन आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराइन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रम बापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे । उनले अभिकर्ताहरू कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीको सबै वित्तीय संरचनाहरू सन्तोषजनक रहेको र कम्पनीले प्रदान गरेको उच्च वोनस दरको कारणले बीमितहरुलाई उचित प्रतिफल प्राप्त भई रहेको बताएको छ । आगामी दिनमा कम्पनीले थप प्रगति गर्ने विश्वास प्रकट गर्ने उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस