फाइल फाेटाे

बुद्ध एयरले पोखराबाट भारत र चीन उडान गर्ने

सर्वसाधारणलाई ३० प्रतिशत शेयर बिक्री गर्ने तयारी

काठमाडाैं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारत र चीनमा उडान गर्ने भएको छ । स्थापनाको २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेशको अबसरमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनमा उडान गर्ने योजना रहेको बताएका छन् ।

बुद्ध एयरले १४ वटा विमानबाट भारत र चीनका प्रमुख शहरमा उडान गर्न लागेको खबर आजको समाचारपत्र दैनिकले छापेको छ । अन्तर्राष्ट्रिय उडानपछि बुद्धले सर्वसाधारणलाई ३० प्रतिशत शेयर बिक्री गर्ने तयारी गरेको छ । बुद्ध एयरसँग हाल साना ठूला गरी ११ वटा विमान छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस