वनस्पति घ्यू तेल संघमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले विकास दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्षमा सन्दिपकुमार अग्रवाल, उपाध्यक्ष रतनलाल केडिया र अमित मोर, महासचिव निखिल चाचान रहेका छन् ।

सदस्यमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजीव गुप्ता, वीरेन्द्रकुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत चयन भएको संघले जनाएको छ ।

साथै संघले हाल भारतमा घ्यू तेलमा भन्सार महसुल शून्य प्रतिशत र जिएसटी पाँच प्रतिशतमात्र रहेकोमा आगामीे बजेटमार्फत् उद्योगका लागि कच्चा पदार्थमै १० प्रतिशत र मूल्य अभिवृद्धिकर(भ्याट) १३ प्रतिशत लगाइएको भन्दै असन्तुष्टि जनाएको छ । उल्लेखित करका दरका कारण दुई देशबीच करिब २० प्रतिशत मूल्य फरक पर्न जाने र खुला सीमाका कारण चोरीपैठारी बढ्न सक्ने संघको चिन्ता छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस