खप्तडमा आध्यात्मिक सम्मेलन : प्रधानमन्त्रीले उद्घाटन गर्ने, बाबा रामदेवले योगा सिकाउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रसिद्ध धार्मिक पर्यटकीयस्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने ‘खप्तड आध्यात्मिक सम्मेलन’को उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाकाअनुसार प्रचण्ड पहिला सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा. सञ्जु खड्काको श्रद्धाञ्जलि सभामा सरिक हुनेछन् । त्यसपछि खप्तड जाने कार्यतालिका रहेको छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि खप्तड जाने तय भएको छ ।

आध्यात्मिक सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ । सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम छ ।

सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ । डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ । २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस