रोनाल्डो भन्छन्- साउदीमा खुसी छु, अल नासर छोड्दिनँ

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफूले अल नासर नछोड्ने स्पष्ट गरेका छन् । रोनाल्डोले आफूले अल नासरमा निरन्तरता दिने बताउँदै आफू क्लबमा खुसी रहेको बताएका हुन् ।

प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड जाने हल्लाका बिच रोनाल्डोले आफू साउदीमै खुसी रहेको प्रतिक्रिया दिएका हुन् । एसपीएललाई अन्तर्वार्ता दिँदै रोनाल्डोले भनेका छन्- ‘म यहाँ खुसी छु, र यही निरन्तरता दिन चाहन्छु । साउदी लिग राम्रो हुँदैछ । अहिले जसरी नै काम गर्दै गए आउने पाँच वर्षमा साउदी लिग विश्वको उत्कृष्ट पाँच लिग मध्ये एक हुनेछ ।’

साउदी लिगको बारेमा बोल्दै रोनाल्डोले केही कुरामा अझै सुधारको खाँचो रहेको बताउँदै रेफ्री, पूर्वाधार र भार सिस्टम लगायतमा सुधार आवश्यक रहेको बताएका छन् । अहिले साउदी लिगप्रति ठुला खेलाडी आकर्षित भएको बताउँदै रोनाल्डोले सबैलाई लिगमा स्वागत रहेको बताएका छन् । गत विश्वकप पछि अल नासरमा पुगेका रोनाल्डोले लिगका १६ खेलमा १४ गोल गरेका थिए ।

अहिले साउदी लिगमा लियोनेल मेसी, करिम बेन्जमा, लुका मोड्रीच जस्ता खेलाडीको नाम जोडिएको छ । रोनाल्डोको आगमन पछि साउदी लिगका अन्य क्लबले पनि विश्वका ठुला खेलाडी भित्र्याउने प्रयास जारी राखेका छन् । रोनाल्डोको अल नासरसँग २०२५ सम्म सम्झौता रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

nepal-vs-india-भारतसँग हारेसँगै नेपाल क्वाटरफाइनलबाटै बाहिरियो

१९ औँ एसियाली खेलकुद : भारतसँग हारेसँगै नेपाल बाहिरियो

[News from Nepal from News Dainik Latest News of Nepal] काठमाडौँ । नेपाललाई २३ रनले …

प्रतिकृया दिनुहॊस