बालकृष्ण र टेकनाथसहित तीन जनाको बयान आज

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान आज लिइने भएको छ ।

जिल्ला अदालत काठमाडौँमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको बताइएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँले बयान दिएका थिए । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ । प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको थियो ।

बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको थियो ।

यस प्रकरणमा १२ जना अझै फरार छन् ।

बयान सक्न अझै केही दिन लाग्नेछ । बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ । बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस