राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश बुधबार जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिकहाँ मिटर ब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि विशेष प्रावधानहरु राखेर उक्त अध्यादेश ल्याएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस