सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौँ रकम असुल गर्ने गिरोहलाई सहयोग गरेको अरोपमा उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

तर, उनी आफैँले प्रहरीमा आत्मसमर्पण गर्दै प्रहरी परिसर काठमाडौँमा उपस्थित भएका थिए । उनलाई बुधबार नै अदालतमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्न ३ दिनको म्याद लिएको हो । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीले पाण्डेलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो रहेको प्रहरीको आरोप छ । तत्कालिन गृह सचिव रहेका पाण्डेको उक्त गिरोहसँग लेनदेन गरेको देखिएको प्रहरीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा पर्यटकसँग पैसा असुल्ने पाँच जना पक्राउ

पोखरा । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी …

प्रतिकृया दिनुहॊस