उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । (शुक्रबार) भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । उनले सङ्घीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३१४ मतभार भन्दा बढी मत ल्याएका छन् ।

naya 1
salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गरेका हुन् । उपराष्ट्रपतिमा जसपा सांसद पर्मिला कुमारीले पनि उम्मेदवारी दिएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाएकी थिइन् । यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस