सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

काठमाडाैं । सुन चाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस