सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

काठमाडाैं । सुन चाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री