अशोक लेल्यान्डको ‘दोस्त’मा ५ वर्षको वारेन्टी पाइने

काठमाडाैं । अशोक लेल्याण्डले ग्राहकहरूलाई लक्षित आफ्नो लोकप्रिय हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’मा पाँच वर्षको वारेन्टी दिने भएको छ। यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी हो।

उक्त कदम ग्राहकको सन्तुष्टी र ब्रान्डप्रतिको विश्वास बढाउनका चालिएको कम्पनीको भनाइ छ। कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट रहेको समेत दाबी गरिएको छ। यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरूलाई यसले कभर गर्नेछ।

यो वारेन्टीअन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर-रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ।

यसका साथै गियरबक्स, रिअर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता विलुतीय कम्पोनेन्ट युनिट समेत कभर हुनेछ।

नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने समेत कम्पनीको भनाइ छ। कुनै कारणले सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी उपलब्ध हुनेछ।

साथै, कम्पनीले ग्राहकहरूलाई आफूले चाहेको कमर्सियल गाडीहरू खरिद गर्न सहयोग पुर्‍याउनका लागि सहज फाइनान्स सुविधाको घोषणा गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस