महामन्त्री शर्मा दाबी- कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति बन्ने दाबी गरेका छन् । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने दाबी गरे ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्नेबारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक गरिने बताएका छन् । उनले भने, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौं र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।’

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनले बताएका छन् । सत्ता साझेदार दलमा अहिलेसम्म राष्ट्रपतिको उम्मेदवारका विषयमा ठोस निर्णय भएको छैन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन हुनुपर्ने पक्षमा देखिएका छन् ।

यता सत्ता साझेदार दल नेकपा एमालेले भने सरकार निर्माणको सहमति अनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवारमा सहमति हुनुपर्ने बताउँदै आएको छ । पछिल्लो समय राष्ट्रपति चयन र गृहमन्त्रीको विषयले सत्ता साझेदार दलहरूमा असहमति देखिन थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस