महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । सहारा विहीन, अशक्त, असहाय, शारिरीक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

त्यस्तैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपालिकाका वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पु¥याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो ।

बैंकको चन्द«ौटा शाखाले पनि शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस