गृह मन्त्रालय नपाए सरकार छाड्ने रविको चेतावनी

काठमाडौं । नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतको फैसला अनुसार सांसदसहित मन्त्री पद गुमाउन पुगेका रवि लामिछानेले पुनः पहिलेकै जस्तो उपप्रधानमन्त्रीसहित गृहमन्त्री आफूले पाउनु पर्ने दाबी गरिरहेका छन् ।

यसका लागि उनले प्रधानमन्त्री एवं सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बालुवाटारमा भेटेर आफ्नो अडान राखेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर गृहमै आफ्नो दाबी रहेको दोहोर्‍याएका थिए ।

तर, सत्तारुढ अन्य दल र प्रधानमन्त्री प्रचण्ड स्वयं भने उनलाई अहिले नै गृहमन्त्री बनाउन राजी भएका छैनन् । गैर सांसद नेपाली नागरिकलाई पनि मन्त्री बनाउन पाइने व्यवस्था अनुसार नै रविले आफ्नो पार्टीको भागमा परेको उक्त मन्त्रालयमा पहिले जस्तै आफूले जिम्मेवारी पाउनुपर्ने अडान लिइरहेका छन् ।

नागरिकता जस्तो गम्भीर विषयमा प्रश्न उठेको, मुद्दा परेको व्यक्तिलाई पुनः गृहमन्त्रालय दिँदा हुनसक्ने आलोचनाका कारण पुनः प्रक्रियाबाटै आउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाई छ ।

प्रक्रिया भन्नाले अब पुनः चुनाव लडेर जितेर आउन उनले भनेका हुन् । यसरी गृहमन्त्रालय रविलाई दिन नमानेका प्रचण्डलाई रविले भने आफूले गृह मन्त्रलाय नपाए सरकार छाड्ने चेतावनी समेत प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।

संसदीय अंकगणितका आधारमा २० सिट रहेको सत्ताको एक घटक दल रास्ववाका समापतिको धम्किपछि प्रधानमन्त्री प्रचण्डले कस्तो कदम चाल्छन् भन्ने हेर्न बाँकी छ । रविले नेपाली नागरिकता लिएर कानुनी रुपमै नेपाली नागरिक बनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसँगको भेटपछि स्वदेश फर्किँदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहॊस