सारेगम लिटिल च्याम्सको ट्रफी सिक्किमकी जेतशेन डोहना लामालाई

एजेन्सी । गायन रियालिटी सो सारेगम लिटिल च्याम्सको ट्रफी सिक्किमकी जेतशेन डोहना लामाले चुम्नु भएको छ । ग्राण्ड फिनालेमा ९ वर्षकी लामाले यो सिजनको सारेगम लिटिल च्याम्सको उपाधि चुम्दा हर्ष सिकन्दर फष्ट रनरअप बन्नुभयो भने न्यानेश्वरी घाडगे सेकण्ड रनर अप बन्नुभयो ।

यो प्रतियोगिताको निर्णयक मण्डलमा शंकर महादेवन, अनु मिलक र नीति मोहन रहनुभएको थियो । भारती सिंह रियालिटी शोको होस्टका रूपमा रहनुभएको थियो । बलिउड सुपरस्टार ज्याकी श्राफ, निर्माता अनुराग कश्यप र म्युजिक डायरेक्टर अमित त्रिवेदी ब्लकबस्टर फिनालेमा अतिथिका रूपमा रहनुभएको थियो ।

जेतशेनले यो रियालिटी शोको अवधिभर आफ्ना बेजोड प्रस्तुतिका कारण निर्णयकको मन जित्न सफल हुनुका साथै सबैको तारिफ बटुलनु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस