रुपन्देही-२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित

काठमाडाैँ । रुपन्देही क्षेत्र नम्बर २ को निर्वाचन परिणाम अन्ततः नेकपा एमालेको पक्षमा आएको छ । मनोनयन दर्तासँगै चर्चामा आएको रुपन्देही क्षेत्र नं २ निर्वाचनपछि झनै सबैको चासोको बिषय बनेको थियो । सत्ता गठबन्धनबाट समाजवादी पार्टीका राजु गुरुङको उमेदवारी खारेजीमा परेसंगै गठबन्धनले जनमुक्ति पार्टीलाई सर्मथन गर्ने निर्णय गरेको थियो ।

अन्य पार्टी भन्दा जनमुक्ति पार्टीको मत संख्या उल्लेख्य रहेको र रुपन्देही क्षैत्र नं २ मा सर्मथन गर्दा क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सहज हुने आशामा सर्मथन गरिएको थियो ।

नेपाल मजदुर किसान पार्टीलाई सर्मथन गर्ने चर्चा चलिरहँदा जनमुक्ति पार्टीलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय भएसंगै गठबन्धनमा आबद्ध जनमोर्चाले असहमती जनाउँदै गठबन्धनको निर्णयको बिपक्षमा उभिएको थियो । अर्का उम्मेदवार निकोलश भुसालको उम्मेदवारी पनि अदालतले खारेज गरेसंगै रुपन्देही २ मा राम्रो उम्मेदवारको अभाव देखिएको थियो ।

तर सबैको आंकलनलाई आश्चर्यमा पार्दै स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले मत पाउन थाले । सबैले उनको बारेमा जानकारी लिन लागे । मत गणना भन्दा पहिले राम्रो परिचय पनि नबनेका पौडेल मतगणनासंगै सबैको चाँसोको बिषय बने । एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई टक्कर दिने गरी मत आउन थालेसँगै उनको चर्चा सुरु भयो ।

विष्णु पौडेललाई अन्तिम अवस्थासम्म पनि कडा टक्कर दिएका गणेश पौडेलले २५ हजार ७ सय ८२ मत प्राप्त गरे भने एमालेका पौडेलले २७ हजार १ सय ४७ मत ल्याएर विजयी भए । एमाले उमेदवार पौडेलले १ हजार ३ सय ६६ मतले विजयी भए । सत्ता गठबन्धनको समर्थनका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) ले २२ हजार १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको यस क्षेत्रमा ८१ हजार २०२ मत खसेको थियो । पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलको संसदीय यात्रा यो पाँचौ पटक हो । २०५१ सालमा पहिलो पटक पाल्पाबाट निर्वाचित भएका पौडेल २०६४, २०७० र २०७४ सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०५६ सालको निर्वाचनमा भने पौडेल रुपन्देहीबाटै पराजित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस