मतदान ६१ प्रतिशत, अपेक्षाभन्दा कम : निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आज सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर आजको निर्वाचनमा प्राप्त प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

आयोगले यो संख्या केहि बढ्न सक्ने जानकारी दिएको छ । आयोगले यो मतदान प्रतिशत आयोगले अपेक्षा गरे भन्दा कम भएको जनाएको छ । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । आजको निर्वाचन केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको आयोगले जनाएको छ ।

दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका १५ मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । त्यस्तै बाजुरामा हिंसात्मक घटना हुदा एक जनाको मृत्यु भएको छ । आयोगले स्थगित भएका मतदान केन्द्रमा दुई दिन भित्र मतदान गराउन आयोगले निर्देशन दिएको छ ।

यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ ।

यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

यसरी पहिलो हुने र समानुपातिक गरेर प्रतिनिधि तथा प्रदेशसभाका लागि कुल ५९५ पदका लागि कुल ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस