सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहाबाट विहिबार बिहान काठमाडौँ आएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

कतार एयरवेजको क्यूआर ६४८ विमानबाट स्वेदश फर्किएका सन्दीपलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सन्दीपलाई अहिले गौशाला प्रहरी वृतमा लागिएको छ ।

खराब मौसमका कारण सन्दीप आएको विमान निर्धारित समयभन्दा ढिलो अवतरण भएको थियो । यस अघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू २० गते नेपाल आइपुग्ने जानकारी दिएका थिए ।

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर थिए । उनको नाममा इन्टरपोलले रेडकर्नर नोटिससमेत गरेको थियो ।

यद्यपी सन्दीपले भने आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै नेपालको न्यायालयबाट आफूले न्याय पाउने बताउँदै आएका छन् ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा सन्दीप टी-२० क्रिकेट खेल्न क्यारेबियन प्रिमियर लिग खेल्न जमैका भएकै बेला भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस