अमलेखगन्जमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु, २० घाइते

काठमाडौं । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते छन् । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस खोलामा झरेको मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिँदैछ । थियो ।

बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री