माछापुच्छ्रे बैंकले ल्यायो ‘नेपालपे क्यूआर’ मा क्यासब्याक अफर

काठमाडाैं । माछापुच्छ्रे बैंकले एनसीएचएलसँगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उदेश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। यो अफर यहि असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागू रहने छ। जस अन्तर्गत बैंकका ग्राहकले ‘नेपालपे क्यूआर’ बाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्नेछन्।

साथै, बैंक सँगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस