बैंकबाट ऋण लिन नयाँ व्यवस्था, मोटरबाटो नभए पनि २० लाखसम्म ऋण पाइने

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनको लागि अनिवार्यरुपमा स्थायी लेखा नम्बर (पान) लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले एक करोड वा सोभन्दा बढी एकमुष्ट तथा छुट्टाछुट्टै कर्जा लिने ऋणीले अनिवार्य पान लिनुपर्ने व्यवस्था गरेको जानकारी दिएकाे छ । यदि ऋणी कुनै समूहमा आवद्ध भएर त्यस्तो समूहबाट ऋण लिन चाहेमा पनि स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका २०७५ मा उल्लेख छ ।

कुनैपनि वित्तीय संस्थाले कर्जाको रकम निकासा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थामा नै खाता खोली एकाउन्टपेयी चेकको माध्यमबाट कर्जा रकम निकासा गर्नुपर्ने भएकाे छ । बैंक तथा वित्तीय संस्थाहरूले ५० करोड वा सोभन्दा बढी कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधार मानिनेछ ।

व्यावसायिक कृषि तथा पशुपालन लगायत साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहन गर्न ऋण तिर्न सक्ने क्षमताको आधारमा मोटरबाटो नभएको स्थानको धितोलाई समेत स्वीकार गरेर २० लाखसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसका साथै सुन्तला कागती, चियाजस्ता कृषिउत्पादनमूलक व्यवसाय र पशुपालन तथा दुग्धजन्य व्यवसायका लागि परियोजना धितोमा १५ लाखसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना व्यवसायलाई २५ लाखसम्मको चालू पूँजी प्रकृतिको कर्जा प्रवाह ५० लाख पु¥याएको छ । अब सो सीमासम्म अनुमानित वित्तीय विवरण अनिवार्य लिन नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । बैंकहरूले परियोजना कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न पाउने छैनन् । यो नयाँ व्यवस्था हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल भित्रिदै भारतको चर्चित फर्च्युन होटेल्स्

काठमाडौं । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा …

प्रतिकृया दिनुहॊस