गुराँस लाइफ इन्स्योरेन्सद्धारा दुई मृतकका परिवारलाई मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेकाे छ । पर्साका बीमित बलबहादुर श्रेष्ठ र काभ्रेका बीमित दिलमान मोक्तानका परिवारलाई  १४ लाख र ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका पर्साका बीमित श्रेष्ठको दुबईमा मृत्यु भएकाले इन्स्योरेन्सले उनको पिता डम्बरबहादुर श्रेष्ठलाई सो मात्राको रकम हस्तान्तरण गरेको जानकारी दिएकाे छ ।

यसका साथै कम्पनीले बीमित मोक्तानको मलेसियामा मृत्यु भएकाले श्रीमती रेलिमाया मोक्तानलाई तथा घातक रोग वापतको सो मात्राको रकम नुवाकोट निवासी शमशेरबहादुर तामाङलाई हस्तान्तरण गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले दुबै बीमितका परिवारलाई बीमा दावी भुक्तानी हस्तान्तरण गरेकाकाे कम्पनीले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री