कपन आगलागीमा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । आगलागीमा परी संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौँ-२५ बस्दै आएका छेवाङ शेर्पाको मृत्यु भएको हो ।

कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार आगलागी भएको घरका धनी टंक घिसिङ हुन् । उक्त ट्रेकिङ्ग अफिस चर्चित कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस