१६५ क्षेत्रमा तोकिए निर्वाचन अधिकृत, को कहाँ ?

काठमाडाैँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतहरू खटाएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि १६५ जना निर्वाचन अधिकृत तोकेको हो ।

प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ८ बमोजिम जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राज पत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई २०७९ असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after