ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीको हत्या

एजेन्सी । ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन एक खेलाडीको हत्या भएको छ । ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ ।

टाउकोमा गोली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ३३ वर्षीय उनी लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस