महालक्ष्मी विकास बैंकको नाफामा उछाल

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आर्थक वर्ष २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो।

बैंकले अघिल्लो आर्थिक वर्षमा ६६ करोड मुनाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ। बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो।

बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ मा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको छ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आर्थिक वर्षमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुर्‍याएको छ। बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ।

यस्तै पुँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा सेयरधनी पुँजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा सेयरधनी पुँजी कोष ६ अर्ब ४२ करोड ९ लाख छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरू मार्फत करिब ६ लाख ग्राहकहरूलाई उच्चस्तरिय वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको ‍‍छ।

बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ई-कमर्स कार्ड, र डलर कार्ड जारी गरिसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबिच छुट सम्झौता

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा …

प्रतिकृया दिनुहॊस