पोखरामै सफल भयाे मिर्गौला प्रत्यारोपण !

काठमाडाैँ । अब पोखराबाटै मिर्गाैलाकाे प्रत्यारोपण सम्वभ हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बसहसवार मिर्गौला प्रत्यारोपण गरेको हो ।

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको सहयोगमा यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूले बिहीवार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन् । करिब १ वर्षदेखिको प्रयास अहिले सफल भएको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।

उनलाई आफ्नै श्रीमान्‌ले मिर्गौला दिएका हुन् । यो अस्पतालमा मात्रै दैनिक ३० भन्दा बढी मिर्गौला पीडितले डायलसिस गराइरहेका छन् ।  पोेखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस