देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । चिकित्सकहरुले आजदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सक स्वयंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको विरोधमा चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पारेका हुन् ।

 

अस्पताल, नर्सिङहोम, क्लिनिक सबै बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएका छन् ।

नेपाल चिकित्सक संघले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । तर, निर्णय यथावत रहेपछि संघ अनिश्चितकालीन आन्दोलनमा उत्रिएको हो ।

संघले सरकारसँग तीन बुँदे माग राखेको छ । चिकित्सक स्वयंले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भनेर गत असोज २ गते मन्त्रिपरिषद बैठकबाट भएको निर्णय फिर्ता लिनुपर्ने उसको मुख्य माग छ ।

यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्नुपर्ने र विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि नेपाल चिकित्सक संघले राखेको छ ।

अनलाइनखबरबाट

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस