????????????????????????????????????

सांग्रिलाको बार्षिक साधारण सभाले पारित गर्यो बोनस शेयर र नगद लाभांस, अध्यक्षमा प्रसाईँ चयन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको १४औ बार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । सभाले आब २०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन छलफल गरी पारित गरिएको बताइएको छ ।

सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने साधारण सभाबाट पारित भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुने प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

साधारण सभाका अवसरमा संस्थापक समुह तथा सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युतप्रसाद प्रसाई, शान्तराज बतास र सुशिलकाजी बाँनिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचन र्निबिरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित संचालक समितिको बैठकले अच्युतप्रसाद प्रसाईलाई आगामी कार्यकालको लागी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस