काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी एक बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्। कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन्।
विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट बालिका हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए। नगरकोट, काठमाडौँ मेलम्ची तथा दोलखामा खोजी गर्दासमेत भेट्न नसकिएको प्रअ श्रेष्ठको भनाई छ।
शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ। बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताए।
तपाईंको प्रतिकृया




