कुर्दिश बलमाथि आक्रमण गरेमा टर्कीलाई आर्थिक रूपमा ध्वस्त बनाइदिने ट्रम्पको धम्की

काठमाडौं । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गएपछि कुर्दिश बलमाथि टर्कीले आक्रमण गरेमा टर्कीलाई आर्थिक रूपमा ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धम्की दिएका छन् । आइतवार दुईवटा ट्वीट गर्दै ट्रम्पले कुर्दहरूबाट पनि टर्कीलाई भड्काउने काम नभएहुन्थ्यो भने ।

अमेरिकी बलहरूले कुर्दिश मिलिसियासँग मिलेर उत्तरी सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लडेको थियो । तर टर्कीले पीपुल्स प्रोटेक्सन युनिट्सलाई आतंकवादी मान्ने गरेको छ । ट्रम्पले सिरियाबाट अमेरिकी बलहरू निकाल्ने योजना सार्वजनिक गरेपछि भएको आलोचनाका क्रममा उनले यी ट्वीटहरू गरेका हुन् ।

साउदी अरबको राजपरिवारका एक वरिष्ठ सदस्य राजकुमार तुर्की अल–फैसलले अमेरिकी सैनिक फिर्ती गरिँदा नकारात्मक असर पर्ने र यसबाट इरान, रुस तथा सिरियाका राष्ट्रपति बशर अल–असदलाई फाइदा पुग्ने बताए । अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ अहिले पश्चिम एसियाको भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् ।

राष्ट्रपति ट्रम्पले सैनिक फिर्ता लिने आफ्नो निर्णयको बचाउ गर्दै बाँकी रहेका आईएस लडाकूहरूमाथि नजिकैको कुनै सैन्य अड्डाबाट आक्रमण गर्न सकिने बताए ।
टर्कीले वाईपीजीमाथि आक्रमण गरेमा टर्कीको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने विषय उनले बताएनन् । ट्रम्पले २० माइलको सुरक्षित क्षेत्र बनाउने कुरा पनि उल्लेख गरे जुन पम्पिओले सहमति गराउन खोजेको एक समाधानको संकेत हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस