भीरबाट लडेर दुई जनाको मृत्यु

ओखलढुङ्गा ।  छुट्टाछुट्टै ठाउँमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका–२ पलापु र सुनकोशी गाउँपालिका–९ कटुन्जेमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो। पलापुको कना भीरमा लड्दा ६२ वर्षीय भिमबहादुर मगरको मुत्यु भएको छ। मगरको भोगटेनीदेखि गाँसीटार जाने गोरेटोबाट करिब १७० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको हो। शनिबार काममा गएका मगर घर फर्केका थिएनन्।

आइतबार बिहान घाँस काट्दा जाँदा एक महिलाले मगरलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जानकारीपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक राजिप श्रेष्ठको नेतृत्वमा टोलीले घटना स्थल पुगी प्रारम्भिक अनुसन्धानपछि मृतक मगरको परिचय खुलेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

त्यस्तै, सुनकोशी गाउँपालिका–१० पनि भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। आइतबार बिहान वडा नम्बर १० स्थित ठूलीभीर सामुदायिक वनमा घाँस काट्न गएका वडा नम्बर  ९ का ४४ वर्षीय वेदबहादुर भनिने यमबहादुर रापचा रहेको प्रहरीले जनाएको छ। रापचा भीरबाट करिब १५० मिटर तल खसेका थिए। भीरबाट लडेका रापचाको घटना स्थलमै मृत्यु भएको सुनकोशी गाउँपालिका–९ का वडाध्यक्ष झनक कार्कीले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after