आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता

काठमाडौं । आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बंगलादेश बैंक ‘आइएमई डिजिटल’को साझेदार संस्था हुनेछ ।

बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । सम्झौतामा आइएमई डिजिटलका प्रमुख संचालन अधिकृत डेनियलडी श्रेष्ठ र बैंकका प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले हस्ताक्षर गरे ।

बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस