फ्रान्समा मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्कंदै, राष्ट्रपतिकाे सम्बोधन आज

काठमाडौँ । फ्रान्समा सरकारविरुद्ध शुरु भएको आन्दोलन चार हप्ता पुगिसकेको छ। सरकारले गरेको मूल्यबृद्धिको विरोधमा हरेक हप्ताको शनिबार र आइतबार प्रदर्शन हुँदै आएको छ। यो साता भएको आन्दोलनमा २ लाख मानिस सडकमा ओर्लिए भने १२ सय जनालाई नियन्त्रणमा लिइएको थियो। लगातारको आन्दोलनका कारण त्यहाँका अर्थव्यवस्था चौपट बनेको बीबीसीले अर्थमन्त्रीलाई उदृत गर्दै खबर लेखेको छ।

आन्दोलन चर्कदैं गएपछि त्यहाँका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रदर्शनकारीलाई संयमता अपनाउन बारम्बार आग्रह गर्दै आएका राष्ट्रपति म्याक्रोनले प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। उनले वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बताइएको छ।

पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनको शुरुमा मूल्यबृद्धि समायोजनको माग गरेको भए पनि अहिले राष्ट्रपतिको राजीनामा नै माग गरेका छन्। प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस