मुक्तिनाथ बिकास बैंकको बित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ बिकास बैंक  तुलसीपुर शाखा कार्यालयले  तुलसीपुर उपमहानगरपालिका वडा नं ६,गोलौरा स्थित डिभाइन टेम्पल एकेडमीमा १९१ औं बिधार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गरेको छ । उक्त कार्यक्रम कक्षा १० र ११ कक्षाका बिधार्थी तथा शिक्षक शिक्षिका माझ कार्यक्रम गरेको छ । कार्यक्रम आम्दानी खर्च,बचत कर्जा,बजेट बिनीयोजन जस्ता बिषयमा अन्तरक्रीया र प्रश्नोत्तर तथा चित्र,ब्यानर जस्ता प्रस्तुती मार्फत बित्तीय साक्षरता चलाइएको थियो ।

डीभाईन टेम्पल एकेडेमीका प्रधान अध्यापक भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले वित्तिय साक्षरता कार्यक्रम अहिलेको आवश्यकता भएको बताउदै मुक्तिनाथ विकास बैकले गांउ देखि सहर सम्म, गरिव देखि धनी सम्मको दाजुभाई तथा दिदी बहिनीहरुलाई दिएको सेवा सुविधा बारे प्रसंसा गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस