गंगामाया अधिकारीका छोरा नूरप्रसादलाई रिहाइ गर्न माग

काठमाडाैं । मानव अधिकारकर्मीहरूले  द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीको रिहाइको माग गरेका छन् । नूरप्रसादलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधको झूटा मुद्दा लगाएको कुराको घोर भर्त्सना गर्दै अधिकारकर्मीहरूले निष्पक्ष न्यायसहित उनको रिहाइको माग गरेका हुन् ।

अाइतबार विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले सो कुराको माग गरेका हुन् । नेपालको १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आगामी मंसिर ५ गते १२ वर्ष पुग्ने सन्दर्भमा अधिकारकर्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योग जस्तो गम्भीर अपराधको झूटा मुद्दा लगाएको कुराको पनि घोर भर्त्सना गर्दै निष्पक्ष न्यायसहित उहाँको रिहाइको माग गर्दछौं ।’

साथै, नेपालको मानव अधिकार आन्दोलनको मूल एजेण्डालाई तुहाउने, मानवताविरूद्धका अपराधी र अन्य जधन्य वा गम्भीर अपराधीलाई उन्मूक्ति दिने, घटनाका साक्षी, प्रमाण र पीडितलाई निस्तेज पार्ने काम मानव अधिकारकर्मीमध्ये कै केहीले गरेको पाइएकोले त्यस किसिमका गतिविधिमा सतर्क रहन नागरिक समाज,मानव अधिकारकर्मीलगायत सम्बन्धित निकायले अपिल गरेको छ । त्यस्तै, पीडकलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन, विदेश भ्रमणको प्रवेशाज्ञा रोक्न, भेटिङ गर्न, दलीय वा व्यक्तिगत स्वार्थमा भएका षडयन्त्रको पर्दाफास गर्न अपिल गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस